Rule 155
बीमा सम्बन्धी ब्यवस्था
: (१) सशस्त्र प्रहरी कर्मचारीको बीमा वापत नेपाल सरकारले एउटा सावधिक जीवन बीमा कोष स्थापना गर्नेछ र सो प्रयोजनको लागि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्वदेश भित्र रहेका कुनै बीमा कम्पनी वा प्रचलित कानून बमोजिम गठन भएको संस्थालाई सो कम्पनी वा संस्थाको कारोवार, वित्तीय क्षमता समेत विचार गरी सावधिक जीवन बीमा सञ्चालनको लागि तोक्न सक्नेछ ।
(२) प्रत्येक सशस्त्र प्रहरी कर्मचारीको मासिक तलबबाट दुई सय रुपैयाँ कट्टा गरी उपनियम (१) बमोजिमको कोषमा जम्मा गरिनेछ र त्यति नै रकम नेपाल सरकारले थप गरी विमाङ्क रकम एक लाख रुपैयाँको बीस वर्षे सावधिक जीवन बीमा गरिनेछ । सो बीमा कोषमा जम्मा भएको रकम मध्येबाट सशस्त्र प्रहरी कर्मचारी सेवा निबृत्त हुँदा निजलाई बीमाङ्क रकम र बोनस भुक्तानी दिईनेछ ।
(३) उपनियम (२) बमोजिम रकम कट्टा गर्न सुरु गरेको बीस वर्ष अवधि नपुगी कुनै सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको परिवारले एकलाख रुपैयाँ पाउनेछ ।
(४) उपनियम (२) बमोजिम रकम कट्टा गर्न सुरु गरेको बीस वर्ष अवधि नपुगी कुनै सशस्त्र प्रहरी कर्मचारी सेवाबाट अनिवार्य अवकाश भएमा देहाय बमोजिमको रकम प्रदान गरिनेछः–
(क) एक वर्ष भन्दा कम अवधि रकम कट्टी गरिएको भएमा दश हजार रुपैयाँ,
(ख) एक वर्ष देखि पाँच वर्ष सम्म रकम कट्टी गरिएको भएमा पच्चीस हजार रुपैयाँ,
(ग) पाँच वर्ष देखि दश वर्ष सम्म रकम कट्टी गरिएको भएमा पचास हजार रुपैयाँ,
(घ) दश वर्ष देखि पन्ध्र वर्ष सम्म रकम कट्टी गरिएको भएमा पचहत्तर हजार रुपैयाँ,
(ङ) बीस वर्ष सम्म रकम कट्टी गरिएको भएमा एक लाख रुपैयाँ,
(५) उपनियम (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीले जम्मा गरेको रकम र सोको व्याज, लाभांश रकम उल्लिखित रकमभन्दा बढी हुन आएमा सोही बराबरको रकम उक्त कोषबाट प्रदान गरिनेछ ।
(६) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवाबाट अवकाश हुने सशस्त्र प्रहरी कर्मचारीले सावधिक जीवन बीमा वापत जम्मा गरेको रकम बीस वर्ष वा सो भन्दा कम अवधिमा परिपक्व हुने गरी निरन्तरता दिन सक्नेछ ।
तर सो वापत नेपाल सरकारले कुनै थप रकम व्यहोर्ने छैन ।
(७) बेतलबी अध्ययन बिदा, बिशेष बिरामी बिदा र बेतलबी प्रसुति बिदा लिएको अवस्थामा बीमा वापतको प्रिमियम रकम जम्मा गरेमा मात्र त्यस्ता सशस्त्र प्रहरी कर्मचारीको लागी नेपाल सरकारले सो अवधिको रकम थप गरी कोषमा जम्मा गरि दिनेछ ।
(८) उपनियम (१) बमोजिम तोकिएको कम्पनी वा संस्थाले बीमा कोषमा जम्मा भएको प्रत्येक सशस्त्र प्रहरी कर्मचारीको छुट्टाछुट्टै हिसाब देखिने गरी अभिलेख अद्यावधिक गरी प्रत्येक वर्षको विवरण सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीलाई उपलव्ध गराउनु पर्नेछ ।
(९) सावधिक जीवन बीमा कोष सञ्चालन र व्यवस्थापनका लागि नेपाल सरकारले आवश्यक निर्देशिका जारी गरी लागू गर्न सक्नेछ ।